महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने

4 weeks ago
महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने

महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।

शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ । तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।

Facebook Comments
Share

 

Archives