व्यवस्थापन संकायका विद्यार्थीलाई पूर्वसहमतिअनुसार छात्रवृत्ति देऊ :राजीव ढुंगाना

2 months ago
व्यवस्थापन संकायका विद्यार्थीलाई पूर्वसहमतिअनुसार छात्रवृत्ति देऊ :राजीव ढुंगाना

त्रिभूवन विश्वविद्यालयसँग १० प्रतिशत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृति दिने सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

नेविसंघले व्यवस्थापन संकायअन्तरगत बीबीए, बीआईएम, बीबीएम, बीबीए–फाइनाइन्सलगायतका कोर्षहरुमा १० प्रतिशत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृति दिने सहमति तत्काल कार्यान्वयन गर्न विश्वविद्यालयसँग माग गरेको हो ।

अध्यक्ष राजीव ढुंगानाले बुधबार प्रेस विज्ञप्ति जारी गरेर उक्त सहमति कार्यान्वयन नगरिए आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिएका छन् । नेविसंघले त्रिवि आफँैले गरेको सहमति सबै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्सहरुमा तत्काल लागु गर्न पनि माग गरेको छ ।

Facebook Comments
Share

 

Archives