१११ औंअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा : इम्पेरियल कलेजमा अन्तरक्रिया कार्यक्रम

2 months ago
१११ औंअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  : इम्पेरियल कलेजमा अन्तरक्रिया कार्यक्रम

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार इम्पेरियल विजनेश कलेजमा ‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख वक्ताहरुमा माइती नेपालकी संस्थापक, सन् २०१० सीएनएन हिरो अवार्ड विजेता तथा प्रदेश नंं ३ की पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला,चर्चित अभिनेत्री रेखा थापा र युवा अभियन्ता/अधिकारवादी रजिया बानु रहेका थिए । कार्यक्रममा कलेजका प्रमुख शैक्षिक सल्लाहकार प्रा डा कमलदीप ढकाल, प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, प्रिन्सिपल प्रजित कुमार तिमल्सिना लगायत विद्यार्थी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

वक्ताहरुले यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले सोधेका महिला अधिकार, सशक्तिकरण, समावेशिता तथा महिला हिंसा सम्बन्धी प्रश्नहरुको जवाफ समेत दिएका थिए ।

वक्ताहरुले यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले सोधेका महिला अधिकार, शशक्तिकरण, समावेशिता तथा महिला हिंसा सम्बन्धी प्रश्नहरुको जवाफ समेत दिएका थिए । इम्पेरियल विजनेश कलेज फ्रेण्डस क्लबद्वारा आयोजित कार्यक्रमलाई रुपा खड्काले सञ्चालन गारेकी थिइन् ।

Facebook Comments
Share

 

Archives