शिखर नगरपालिका र एन सि इ डोटीको आयोजनामा अन्तरक्रिया सम्पन्न ।

5 months ago
शिखर नगरपालिका र एन सि इ डोटीको आयोजनामा अन्तरक्रिया सम्पन्न ।

डोटी । डोटीको शिखर नगरपालिकाले ‘महिला हिंसा नियन्त्रणमा सरोकारवालाको भूमिका’ र ‘कोभिडको समयमा बालबालिकाको शिक्षामा परेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिका र ‘शिक्षाका लागि राष्ट्रिय अभियान’ को संयुक्त आयोजनामा बिहीवार ७२ औं मानव अधिकार दिवस तथा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर सीताराम जोशीले महिला हिंसा रोक्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै मेयर जोशीले महिला हिंसाको अन्त्य घरबाटै सुरु गर्नुपर्नेमा जोड दिँदै उनले हिंसा अन्त्यका लागि समुदाय स्तरमाबाट नै लाग्न सबैलाई आग्रह गरेका छन् । बालबालिका शिक्षित भए समाज आफै हिंसामुक्त हुने उनले बताए ।

सामुदायिक विकास केन्द्र डोटी र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा आयोजित अन्तरक्रियामा नेपाल पत्रकार महांसघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, विभिन्न वडाका अध्यक्षहरु, प्रहरी, बालबालिका, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
Share

 

Archives