मानव परीक्षणमा सहभागी व्यक्ति बिरामी भएपछि भ्याक्सिनको ट्रायल स्थगित

1 month ago

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले कोरोना भ्याक्सिनको ट्रायल स्थगित गरेका छन् । मानव परीक्षणमा सहभागी एक जना बिरामी भएपछि कोरोना भ्याक्सिनको ट्रायल स्थगित गरिएको हो ।

एस्ट्राजेनेकाले परीक्षणमा सहभागी ती व्यक्तिको बिमारीका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको भन्दै कोरोना भ्याक्सिनको ट्रायल स्थगितलाई ‘रुटिन’ अन्तर्गत स्थगित गरिएको जनाएको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको ट्रायल रोकिएको यो दोस्रो पटक हो । ठूलाठूला परीक्षणमा यस्तो हुनु सामान्य मानिन्छ । परीक्षणमा सहभागी व्यक्तिलाई अस्पतालमा भर्ना गरेर बिरामी हुनुको कारण पत्ता नलागेसम्म परीक्षण रोकिने गर्दछ । केही दिनभित्रै भ्याक्सिनको ट्रायल फेरि सुरु हुने बताइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन ट्रायलमा यति बेला विश्वको नजर छ । अहिले विश्वभरका झण्डै एक दर्जन स्थानहरुमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ । तर, जानकारहरुले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अगाडि रहेको बताएका छन् ।

जसको तेस्रो चरणको ट्रायल जारी छ । बजारमा सबैभन्दा अगाडि आउने भ्याक्सिनमा अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन हुने अपेक्षा पनि गरिएको छ ।

भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हजारौं मानिसहरु सहभागी हुन्छन् । भ्याक्सिन तयार गर्न कैयौं वर्ष लाग्न सक्छ । कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा झण्डै ३० हजार मानिसहरु सहभागी छन् ।

–बीबीसीबाट

Facebook Comments
Share

 

Archives