गजल

4 months ago
गजल

यो सन्सार पनि अचम्म लाग्छ
जहाँ मान्छे मान्छे देखेर भाग्छ

एउटा भाइरस नचिन्ने यो जन्तु
उसैले यार फेरि चन्द्रमा ताक्छ

भुलेर कसैले आत्मा हत्या नगर्नु
अरे यमराजले पनि छुट्टै राख्छ

परेवाहरु त्यसै बारुद बोक्दैनन्
जब अत्याचारले सिमा नाग्छ

अन्तत न राम न पाण्डवले हारे
संदेश यत्ती छ बुझ्नु सत्य जाग्छ

बिष्णु भण्डारी
(गुल्मी)

Facebook Comments
Share
  • 751
    Shares

 

Archives