दिदीबहिनी महिला समुह यूकेद्वारा केएन९५ माक्स वितरण

4 months ago
दिदीबहिनी महिला समुह यूकेद्वारा केएन९५ माक्स वितरण

शुक्रबार, कैलाली । १९ क्वारेन्टाइनमा दिदीबहिनी महिला समुह यूकेले केएन९५ (KN95) माक्स वितरण गरेको छ । महिलाहरुको समुहले शुक्रबार ज्योतिनगर, सीतापुर, घिया, बागमारा, मनिकापुर, मौरनियाँ, नुक्लिपुर, वेलुवा, सत्ति, सुनाफाँटा, बटनपुर, खक्रौला, झुँगा, लगायतका स्थानका सामुदायिक विद्यालयमा बनाईएको १९ वटा क्वारेन्टाइनमा केएन ९५ माक्स वितरण गरिएको छ।

प्रदेशसभा सदस्य डा. रणबहादुर रावलको प्रमुख अतिथ्यतामा समुहले १ हजार ४ सय ३५ जनालाई केएन९५ माक्स वितरण गरिएको हो । त्यस्तै “गौरीफन्टा नाकामा अलपत्र परेका ८ हजार जना नेपाली नागरिकलाई १ लाख ३० हजार रकम बराबरको बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन खानापानी अभियानअन्तरगत खाना खुवाइएको छ ।”

महासंकटका वेला अफ्नो देशमा रहेका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको दिदीबहिनी महिला समुह यूकेकी एक सदस्य अनिता केसीले बताईन् । उक्त समुहमा अनिता केसी, हिमा क्षेत्री, अञ्जना थापा, रञ्जना केसी, सम्झना महत, माया केसी, लक्ष्मी बस्न्यात, लक्ष्मी तिमल्सिना, संगीता थापा, वसन्ता राना, श्रद्धा थापा, टिना थापा र विमला गुरुङ्ग रहेका छन् ।

Facebook Comments
Share
  • 35
    Shares

 

Archives