गुनासो

5 months ago
गुनासो

बिन्ती विधाता भन्देन तैले के गरेको
र यो कुन के कर्मको सजाय भरेको

काल,तलाइ सभ्यताको श्राप लाग्ने छ
के छ र बिचरा यि नरको पछि परेको

सृष्टि तेरै बिनाशमा तेरै अधिकार छ
बिधान यहि हो या भुलेर तल झरेको

यार यी गर्ने खाने मान्छे सङ के छ
इश्वर के खोज्दै छस र आँखा तरेको

पुगेन भन्न त अझै के के हेर्ने रहर छ
देखेर पनि मान्छेहरु सडकमै मरेको

बिष्णु भण्डारी
(गुल्मी)

Facebook Comments
Share
  • 375
    Shares

 

Archives