लकडाउनबीच अन्तराष्ट्रिय सम्मेलनः प्राविधिक सीप र विकासको सदुपयोग

5 months ago
लकडाउनबीच अन्तराष्ट्रिय सम्मेलनः प्राविधिक सीप र विकासको सदुपयोग

लकडाउनबीच अन्तराष्ट्रिय सम्मेलनः प्राविधिक सीप र विकासको सदुपयोग
प्रविधिको विकाससँगै विश्व साँघुरिएको छ । विश्वका हरेक गतिबिधिहरु एकै ठाउँमा रहेर जानकारी पाउँन र नियाल्न पनि सकिन्छ । महामारीका कारण भेटघाट हिडडुल र भौतिक गतिविधिमा प्रतिबन्धित भएपनि सम्भाव्य प्रविधिको प्रयोगले अनेक किसिमका सीपमूलक र ज्ञानबर्दक क्रियाकलापहरुलाई प्रबिधिमार्फत जोडिएर नियमित रुपमा सञ्चालन गर्न सकिने देखिन्छ ।
एकआपसको कुराकानी भेटघाट त दशकौंदेखि मानवले विश्वका हरेक कुनामा बसेर प्राबिधिक रुपमा जोडिएर गर्दै आएका छन् । विश्वमानचित्रका दर्जनौ देशमा प्राविधिक विकास र सुविधाको सहजता र निरन्तर रुपमा जोडिएर कार्यक्रमहरु संचालन गर्नु अझै पनि कठिन जस्तै मानिन्छ । तथापि सम्भावना र सम्भाव्यताको मनन गर्दै हालको यस बन्दाबन्दीको परिवेशमा, समयको सदुपयोग गर्दै ज्ञान सीपका कुराहरुलाई समाजमा पूराउने प्रयत्नलाई जारी राख्न अन्तर्राष्ट्रिय स्तरको इन्टरनेट मार्फत हालैमात्र एक सम्मेलन सम्पन्न भएको छ । International e conference on emerging trends on biosciences and technology ETBT- 2020 नामको उक्त सम्मेलन भारतको सन्दीप विश्वविद्यालय अन्तर्गतको विज्ञान संकाय र नेपालको जैविक प्रविधि संस्था नेपालको संयुक्त प्रयासमा सञ्चालन गरिएको थियो ।
सञ्चालक समिति सदस्यहरुमा नेपालबाट डा.रेश्मा तुलाधरःसहप्राध्यापक त्रिभुवन विश्वविद्यालय , प्रो डा. श्याम नारायण लाभ, नबीन नारायण मुनंकर्मीः अध्यक्ष जैविक प्रविधि समाज नेपाल, समीक्षा कडेल अनुसन्धान सहायक विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट थिए भने भारतबाट डा. भासुडो जाम्ब्रेः डीनः बिज्ञान विद्यालय सन्दीप विश्वविद्यालय। भारत, र उक्त विश्वविद्यालयको विज्ञान संकायमा प्राध्यापनरत डा नमीता राइतेकर, डा. निसार रेसी, डा. अनुप देशपांडे संलग्न भएर रहेका थिए ।
गत जुन १ देखि ३ तारि सम्म संचालित उक्त कार्यक्रम युट्युब बाट संसारभरमा देख्न सुन्न र सहभागिता जनाउन सम्भव थियो गराइएको थियो ।
विश्वका चर्चित एवं मान्यताप्राप्त विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी वर्ग एवं बौद्धिक वर्गको उल्लेखनीयसहभागिता रहेको उक्त कार्यक्रममा विश्वभरीबाट १४ देशका आठ सय जना सहभागीहरुले सहभागिता जनाएका थिए । विभिन्न देशमा भिन्नभिन्न क्षेत्रमा विज्ञान र प्रविधिमा उल्लेखनीय कार्य गरेका ८ विशिष्ट वैज्ञानिकहरूको व्याख्या मुलक प्रस्तुति अत्यन्तै ज्ञानमूलक र अन्तर्दृष्टि मुलक मानिएको थियो । साथै उक्त कार्यक्रमका अन्य प्रस्तुतिहरुलाई विभिन्न ८ विधाहरुमा विभाजित गरिएको थियो जसअन्तर्गत करिब ५० जना प्रस्तोताहरुले आफ्ना अनुसन्धानका तथ्यहरूलाई प्रस्तुत गरेका थिए । उल्लेख गरिएका विधाहरु मध्ये bioscience and environment, nanoscience and nanotechnology, bioinformatics and chemo metrics, natural products and drug discovery agriculture and plant biotechnology, bio science and technology and pandemic disease रहेका छन् । ज्ञान र सीपको दायरालाई कुनैपनि बन्धनले प्रतिबन्धित गर्दैन । हरेक अनुसन्धानको तथ्यपरक उपलब्धिहरूलाई विश्वव्यापी रूपमा मान्यताप्राप्त हुने तरिकाले उपयोगमा ल्याउन सकिने सम्भावनाहरुलाई आफ्ना ज्ञान, सीप र
सम्भावित प्रविधिको उपयोगबाट सम्भव हुने कुरा प्रष्ट पारिएको थियो । हालको समयमा मानव जीवनका कष्टकर रोगहरु जसअन्तर्गत क्षयरोग, क्यान्सर तथा अन्य किसिमका सूक्ष्म जीवाणु बाट लाग्ने रोगहरु साथै कोभिड १९ जस्तो विश्वव्यापी महामारी लगायतका मृत्युवरण सम्म पुर्याउने भिन्न प्रकारका संक्रमणहरुबाट जोगिनका लागि उन्नत प्रविधि तथा सनातन र पौराणिक वनस्पतिजन्य तत्वहरूको उपयोगबाट पनि सम्भव हुने कुरा ब्यक्त गरिएको थिया । आगामी दिनहरुमा पनि यस्ता किसिमका सूचना सम्प्रेसन र ज्ञानमूलक सामग्रीको विश्वव्यापी आदानप्रदानका माध्यमहरुलाई सदुपयोग गर्दै प्रविधि मुलक सिकाइ पनि अबको समयमा सम्भव भएको कुरा उक्त सम्मेलनको सफतालापुर्बक भएको सम्पन्नताले प्रतिबिम्बित गरेको छ । हरेक प्रस्तुति पश्चात गरिएको अन्तरक्रियात्मक समयमा आफ्ना बिशिस्ट विज्ञहरु एबम सहवागी वर्ग बाट उठेका प्रश्नहरुको सक्दो जवाफ र प्रतिक्रिया ले उक्त समय सहभागीमुलक भएको र आउदा दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरता भएमा अझै उत्साहजनक सहभागिता रहने प्रतिक्रिया पाइएको थियो ।
प्रविधीको अनेकौं पक्षहरुले विकासको पाटो फेर्दै गएको र जीवन सहज भएको यस २१औं शताब्दीमा कोभिड १९ को विश्वव्यापी महामारीले बाहिरी गतिविधिमा प्रतिबन्ध लागेको यस वर्तमान समयमा मानव जीवन अहो रात्र व्यस्त र अपुग जस्तै भएको दैनिकीबाट टाढिएको छ । दैनिक जीवनका अत्यावश्यक पक्षमा समय बिताउनका लागि पर्याप्त भन्दा उल्लेखनीय मात्रामा धेरै भएको कतिपय बुझाई रहेको छ । यस परिप्रेक्ष्यमा सृजनात्मक अभ्यासमार्फत उत्पादन मुलक कार्यमा सहभागी भएर समय व्यतित गर्नु र त्यस्ता पाटोहरुमा आफूलाई संलग्न गराउनु चुनौती भएसँगै, यस्ता कार्यक्रमले लक्षित वर्गमा सकारात्मक असर पारेकोे छ । हरेक समयमा आइपर्ने अनेक समस्या धेरै सम्भावनाहरु पनि साथै लिएर आउँछ भन्ने कुराहरु हालको समयमा मानवले आफ्नो जिन्दगी बिताउनका लागि गरेका क्रियाकलापले पुष्ट बनाएको छ । प्रविधिको विकास मानव सभ्यताको सहजताका लागि नै गरिएको हुनाले यसको उचित सदुपयोग गरेर सिर्जनशीलतामा समय व्यतित गर्न सकेमा बन्दा बन्दीको प्रहर पनि उत्पादनमूलक हुने देखिन्छ, यस्ता किसिमका सभा सम्मेलनमा शैक्षिक वर्गको उत्साहजनक सहभागिताबाट पुष्ट भएको छ ।

Facebook Comments
Share
  • 21
    Shares

 

Archives