आमा

5 months ago
आमा

आमा आज्ञा लिन्छु म अबोध अझै , श्रृजना साहित्यको।
मुस्कान् छर्नु ममा कष्ट गरि सधैं , पोका त्यो अाशिषको ।।
आदर्शकि मुल्यवान सत्यवति , हे सत्यकि सुन्दरी ।
निष्ठा तिम्रो अजर अमर रहोस् , हे त्यागकि गान्धारी।।

गंगा हौ तिमिता फर्किन्नौ अबता , य‍ो भेलमा मिसिन।
खोज्छु दियो जलाई मकन अझै , वात्सल्य माया पाउन्।।
मायाको सागर डुुवाई जगतमा , पार्यौ परिबन्धन ।
हे आमा तिमी नै हौ पहिलो गुरु , आदर्श जो बन्धन।।

धर्ती छ कसिलो छाती हजुरको , गुड्दै गरे रेल् पनि ।
वायुमण्डल मगज हजुरको , उस्तै चले यान् पनि।।
जन्म दियौ कर्ण वर्ण कुबेर ती , भोका र नाङ्गा पनि।
आमा सागर तुल्य बनि जहिल्यै , मिलाई बाङ्गा पनि।।

आमाको ममता छछल्किन्छ जस्तै , बुई चढेको बादर्।
महिमा अपार रहन्छ जनमा , लौ कृष्णको अादर।।
तिम्रो करूणा र ममता कति हो , त्यो पार्वतीको क्रन्दन् ।
आमाको शक्ति हेर् अगाडि शिवले , फिर्ता लिए छेदन।।

टुक्राटाक्रि जोड टोड मोड रचना , नियम हो काव्यको ।
आमाको भुमिका रहन्छ त्यसमा , प्रधान् सम्पादकको।।
झल्किन्छ भाव रति राग कल्पना , सन्तान् बडो श्रृजीत।
माहुरी सुन्दर परिश्रमी तिमी , हे किर्तिमानी चर्चित् ।

मानसपटलमा सुवास छरि , चम्पा हुर्के चमेली।
तिम्रै सुन्दर काखमा शैल गरि , मार्दै मीठो सुशेली।।
आमा मुर्धन्य साहित्यकार तिमी , गाउ मिठो न्याउली।
तिम्रो मिठास परिवर्तन नहोस , मृदुभाषि कोईली।।

तिम्रो पवित्र वक्षस्थलमा रमुन् , सन्तान ती रोहिणी।
हुर्काउन कति कष्ट सहन गर्यौ , भुस्वर्ग कि चादनी।।
मित्रतामा छाउछ स्वच्छता अझै , हे देवकी संगिनी ।
हुर्क्यो सन्तान बडो महान भयो , गोगुलकि नन्दनी ।।

सीता तिमी पवित्र चरित्र नरमा , वचन हो रामको।
आमा नासिका रहनु अब सदा , पुकार यो पूर्णको ।।
सयौ जन्म लियर बस्छु अबता , पवित्र त्यो कोखको।
गंगा पुत्र भएर आज गर्दछु , प्रतिज्ञा यो भिष्मको।।

पूर्णानन्द जोशी
धनगढी ५ हसनपूर

Facebook Comments
Share
  • 164
    Shares

 

Archives