म पढेको बिद्यालय बन्यो राजनीति गर्ने थलो -हरिश्चन्द्र जोशी

7 months ago
म पढेको बिद्यालय बन्यो राजनीति गर्ने थलो -हरिश्चन्द्र जोशी

सुनकुडा उच्च माध्यमिक विद्यालय बझाङ जिल्लाको नमुना बिद्यालय मात्र नभई हिमाल साप्ताहिकले गरेको सर्वेक्षण अनुसार सुदुरपश्चिमकै दस उत्कृष्ट विद्यालय भित्र परेको बिद्यालय हो। उक्त विद्यालय बित्थडचिर गाँउपालीका वडा नम्बर नै मा अबस्थित छ। सुनकुडा उच्च माध्यमिक विद्यालय को स्थापना २०३२ सालमा भएको हो। उक्त विद्यालय बझाङ जिल्लाकै हरेक दृष्टिकोण ले अगाडी छ, पढ़ाई का साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी देखिन्छ। उक्त विद्यालय को नाम सुन्ने बित्तिकै हेर्ने दृष्टिकोण नै फरक हुन्छ। उक्त विद्यालमा अध्ययन गर्नका लागी बझाङ जिल्लाका बिभिन्न ठाउँबाट मात्र नभई छिमेकि जिल्ला बैतडी बाट पनि आउथे र टाढा टाढा बाट पढ्न आउने विद्यार्थी को लागी विद्यालयले छात्रावासको पनि ब्यबस्था गरेको थियो।

विद्यालय का प्रसस्तै भवनहरू छन् र उक्त विद्यालय जय पृथ्वी राजमार्ग संगै जोडिएको छ भने चारैतिर हराफरा जंगल छ र स्वस्थ सफा हावापानि छ। विद्यार्थी लाई खेल खेल्नका लागि ठुलो मैदानको ब्यबस्था पनि छ । विद्यालयमा विद्यालयका कार्यक्रम मात्र नभइ जिल्लाका ठुलाठुला कार्यक्रम गर्नका लागि पनि प्रयोग गरिन्छ। उक्त विद्यालय मा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् भने अंग्रेजी नेपाली दुबै माध्यम बाट पढाई हुन्छ। उक्त विद्यालय मा सबै ब्यवस्थापन राम्रो भएकै कारण १०+२ खोल्न सफल भयो र बिज्ञान,ब्यबस्थापन र मानवीय संकायमा पढाई सुरू गर्यो र टाढा टाढा बाट उच्च शिक्षा हासिल गर्नका लागी विद्यार्थीले आप्नो केन्द्र बनाए। केहि बर्षमै फड्को मार्दै क्यामपसमा परिणत भयो र क्यामपसले ब्यबस्थापन , मानवीय संकायमा पढाई सुरू गर्यो। सुरू सुरूमा विद्यालय कै भवन प्रयोग गरथ्यो भने बिस्तारै आफ्नै भवन बनाउन सफल भयो। उक्त विद्यालय देखी क्यामपस बनाउन सम्म त्याहाँका बुद्धि जीबिको ठुलो हात रह्यो र उक्त विद्यालय ले ईन्जिनीयर ,डाक्टर अधिकृत, शिक्षक,नासु ,खरिदार ,धेरै उत्पादन गरिसकेको छ ।

अहिलेको अवस्था : तर आजभोली बिस्तारै पढाई र ब्यबस्थापनमा खस्किदै गएको छ। किनभने बित्थड चिर गांउपालीका को राजनिती गर्ने थलोको रूपमा परिणत भएको छ। शिक्षक नियुक्ति, ब्यबस्थापन समिति चयन ,ठेका पट्टा, भवन निर्माण, लगायत अत्यधिक कुरामा राजनीति हुन्छ। उक्त विद्यालयमा बिभिन्न संगठनमा आबद्द शिक्षक छन् र ती शिक्षकहरू आफ्नो संगठनका भन्दा अर्को संगठनका शिक्षक संग राम्रो संग बोल्न पनि बोल्दैनन् . पहिले र अहिलेमा आकास पातालको फरक छ। पहिले प्रशासन,ब्यबस्थापन समिति एक दमै कडा थियो भने अहिले एकदमै खुकुलो छ। अहिले विद्यार्थी र शिक्षक चिन्नै गाह्रो हुने अबस्था आएको छ। पहिले शिक्षक नियुक्ति खुल्ला प्रतिस्पर्धी बाट गरिन्थो र हाम्रो लाई भन्दा राम्रो लाई प्राथमिकता दिईन्थो भने अहिले राम्रोलाई भन्दा आफ्नोलाई भर्ती गर्ने ठाऊँ बनाएका छन्। राजनीति पूर्वाग्रह का रूपमा शिक्षक ,ब्यबस्थापन समिति चयन गरिन्छ। यसको ज्वलन्त उदाहरण हो ब्यबस्थापन समिति चयन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि फागुन २१ गतेको भेलामा ५४ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको थियो। दिनभरी सहमति हुन नसक्दा राती १ बजेसम्म स्थानीयहरु स्कुल चौरमा सहमतिका लागि बसेका थिए | तर न सहमति भयो नत प्रकृया नै शुरु भयो अभिभावक हरु राती १ः३० बजे आ-आफ्नो घर फर्क | तर अभिभावक फर्केपछि नेकपाका स्थानीय नेताहरुले राती करिब २ बजे नै नक्कली माइन्यूट खडा गरी अध्यक्ष घोषणा गरेका थिए |

भेलाको उपस्थितिलाई नक्कली माइन्युटमा प्रयोग: प्रारम्भिक भेलाका लागि हस्ताक्षर गरेको उपस्थितिलाई अन्तिम माइन्यूटको रुपमा प्रयोग गरी व्यवस्थापन समितिको अध्यक्ष चयन गरेका थिए। उनीहरुले सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर विष्टलाई प्रभावमा पारेर राती २ बजे माइन्यूट गरेको स्थानीयको आरोप छ | कुनै पनि प्रकृया विधिवत रुपमा अगाडि नबढाएर एकलौटी रुपमा गैरकानुनी घोषणा गरेको भन्दै अभिभावकहरु आन्दोलित भएका छन् | यस सन्दर्भमा प्रधानाध्यापकसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । ५४ जनाको उम्मेद्वारी , एकल घोषणा र आ- आफ्ना मान्छेको नक्कली हस्ताक्षर गरी प्रयोग गरिएको थियो। विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि प्रारम्भिक चरणमा ५४ जनाले उम्मेद्वारी दर्ता गराएको थियो | उम्मेद्वारी दर्तापछि सहमतिको कुनै पहल भएन । नत मतदान प्रकृया अगाडि बढ्यो। तर राती एकाएक रमेश अधिकारीलाई अध्यक्ष घोषणा गरिएको थियो र कुनै उम्मेदवारसँग सहमति नभई एकलौटी रुपमा घोषणा गरियको थियो।

जनप्रतिनिधिहरुको असहमति: वित्थडचिर गाउपालिकाको वडा नम्बर ९ मा पर्ने यस विद्यालयमा वडाध्यक्ष पदेन सदस्य छन् तर वडाध्यक्ष कलक विष्टको अनुपस्थितिमा जबरजस्ती घोषणा गरेको थियो। यसैगरी वडा नम्बर ७ र ८ का वडाध्यक्षहरुको पनि सहिमति नरहेको उनीहरुले जनाएका छन्। गैरकानुनी रुपमा घोषणा गरिएको प्रकृयाप्रति अभिभावक हरूले खबरदारी जनाउदै दादागिरीका बिरूद्द कानुनि बाटो अपनायका छन्। तर अहिले लकडाउनले गर्दा तेत्तिकै रोकिएको छ। सुनकुडा माविमा भएको भ्रष्टाचारलाई ढाकछोप गर्न पुरानै अध्यक्ष दोहराएको स्थानीयले बताएका छन् । गएको वर्ष खाजा तथा खाना खर्च लगभग ६ लाख अनियमितता भएको जनाइएको छ | साथै विद्यालयको पर्खाल निर्माण ७ लाख र भवन निर्माण तथा प्रशासनिक खर्चमा अनियमितता भएको विभिन्न संचार माध्यमहरुले समाचार समेत प्रकाशन गरेका थिए | केही आयोजना सम्पन्न हुन बाँकी भएकाले उक्त रकम खर्च गर्न पुनः अधिकारीलाई जबरजस्ती अध्यक्ष चयन गरिएको अभिभावकहरुले दाबी गरेका छन । सुनकुडा मावि सुदूरपश्चिममा उत्कृष्ट दश विद्यालयमा पर्दै आएको थियो । हिमाल साप्ताहिकले गरेको सर्वेक्षण अनुसार ५ वर्ष पहिले उत्कृष्ट विद्यालय रहेको जनाएको थियो । पछिल्लो ५ वर्षमा विद्यालयमा भएको राजनीति हस्तक्षेप तथा अनियमितता रुपमा भएको शिक्षक नियुक्तिले शिक्षाको स्तर खस्केको पछिल्लो परिणामले जनाएको छ । बझाङ जिल्लाकै उत्कृष्ट स्कुल अहिले कमजोर रिजल्ट ल्याउने विद्यालयमा परिणत भएको छ।

Facebook Comments
Share
  • 78
    Shares

 

Archives