डुङ्गामा खेल्दै, हुर्किदै(भिडियो सहित )

7 months ago

श्रीराम कंडेल,पोखरा
परम्परादेखी माछा मारेर जीवन चलाउने जलारी(माझी) परिवारमा हुर्केकी यी सानी नानीको नाम आयुषा जलारी हो। उनको घर पोखरा -३१, लिब्दी बेगनासतालको किनारमा पर्छ। उनिले आफ्ना आमा बाबू नै राम्रो सग चिन्न नपाउने उमेरमै उनकी आमाले उनका बुवालाई छोडेर अर्कैसग बिहे गरिन।अनि उनी बुवा राजु जलारी र हजुरबा इन्द्र जलारीको साथमा हुर्किदै छिन।उनि सगै उनकी एउटि दिदी पनि छिन।उनका घरका परिवारका सबै सदस्यहरुको पेशा नै माछा मार्ने हो। उनको घरबाट नजिकै पर्ने बजार मोहोरियाको ज्ञान कुन्ज बिद्याआश्रममा अध्ययन गर्छिन। माछा मारेर नै उनका बुवाले उनिहरुलाई पाल्ने पढाउने गरिरहेका छन। देख्दा माया लाग्ने अबोध यी बालिकाले डुङ्गा चलाईरहदा हत्तरपत्तर मलाई क्यामेरा खोलेर कैद गर्न मन लाग्यो। त्यति बेलै मैले उनका काका प्रकाशलाई सोधे:नानुले डुङ्गा चलाएर पारी जान सक्छिन? उनले सजिलै जवाफ दिए : “जलारी भएर जन्मेपछी नसकेर भयो ? उनी डुङ्गा चलाएर पारी गएर सामान लिएर आएपछी मोबाइलको क्यामरा बन्द गरि नानू तिमि स्कुल आउदा तिम्रो स्कुल नजिकैको मेरो अफिस आउनु ल भनेर बिदा भए। यी अबोध आमाबिहिन बालिकाप्रती मेरो आगाध माया अनि स्नेह।

Facebook Comments
Share
  • 157
    Shares

 

Archives