अभिभावकलाई होमवर्क

7 months ago
अभिभावकलाई होमवर्क

टेकराज अवस्थी
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिङ्गो बिश्व समुदायले कठिन परिस्थितिको सामना गरिराख्नु परेको छ त्यसैको चपेटामा छ नेपाल पनि, हाल सम्म बिश्वको कुनै पनि मुलुक , संघ संस्था र अनुसन्धानमूलक निकायले यो भाइरस नियन्त्रण र रोकथामको लागि औसधि र प्रबिधी पत्ता लागाउन सकेका छैनन त्यसैले यसका लागि एउटा मात्र उपाय भनेको ब्यक्तिगत रुपमा अपनाइने सतर्कता र कायम गर्नुपर्ने सामाजिक दुरि नै उपयुक्त बिधिका रुपमा प्रयोग हुँदै आएको छ। यसैलाइ अनुसरण गर्दै सरकारले यसको रोकथाम र नियनत्रण लागि देशैभरि लकडाउन गरेको छ । यतिबेला तपाईं हामी सेल्फ क्वाराइन्टाइनमा बसिरहेका छौं । बन्द छन अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सरकारकारी र निजि कार्यालयहरु । सुनसान छ्न सडकहरु र मनोरञ्जनका लागि खोलिएका सम्पुर्ण सार्वजनिक स्थलहरु। केही दिनदेखि विद्यार्थीले बिश्वबिधालय र बिधालय को आँगन टेक्न पाएका छैनन । समग्रमा भनौ देश ,समाज र परिवारले बिपत्तिको सामना गरिराख्नु परेको छ तर कहिलेकाँही बिपत्तिलाई बिपत्तिको रुपमा हेरिएन र हेर्ने दृष्टिकोण फरक बनायो भने अबसरको रुपमा पनि हेर्न सकिन्छ ।
आज मैले पनि यो बिपत्तिलाई अभिभावक र बिद्यार्थीले अबसरको रुपमा लिउन भन्ने हेतुले केही कुरा तपाईंहरु समक्ष प्रस्तुत गरेको छु । यो समयमा बिद्यार्थीको दैनिकी फरक छ ।उनिहरु नियमित जस्तो बिहान बिधालय जाने तयारी ,दिउँसो बिधालयमा अध्ययन , साँझ फर्किए पछि बिधालयले दिएको गृहकार्य लगायत अन्य अध्ययनका गतिविधि केही छैनन । अहिले भाषामा भन्ने हो भने बिन्दास चलिरहेको छ जिन्दगी । अर्को भाषामा भनौ भने सम्पुर्ण बिद्यार्थी र धेरै जसो अभिभावक हरु बिदामा समय ब्यतित गरि रहेका छ्न । यति भनी रहदा यो भन्दा अघि बिद्यार्थीले बिदा नै पाएका थिएनन भन्ने होइन । यो बिदा र त्यो बिदामा बिल्कुल फरक छ ।अरु बिदामा बिद्यार्थी बिदा सुरुहुनु धेरै अघि नै बिदाका दिन भन्दा बढी योजना बनाउथे घुम्ने ,डुल्ने, फिल्म हेर्ने, आफन्तहरुको मा जाने याबत याबत तर यो बिदामा बिद्यार्थी संग तेस्तो किनै न योजना छ न अबस्था नै । मात्रै एउटै विकल्प छ परिवारका सबै एक साथ भित्रै बसिरहने । यति लामो समय यसरी सबै एक साथ समय बिताउने अबसर यो भन्दा अगाडि कहिल्यै आएको थिएन तेसैले अबसरलाई सदुपयोग गर्नुहोस अनि धेरै कुरा सिकाउनुहोस सुन्दा यी कुरा सामान्य सुनिएलान तर यी कुराहरु जिबनका अनेकन यात्राहरुमा जोडिएर आउछन जो बिधालय र बिश्वबिधालय को कक्षाकोठा भित्र सिक्न पाउदैनन जसलाइ बुदागत प्रस्तुत गरौ-

१) थातथलोको पहिचान गराउनुहोस
तपाईहरु विभिन्न पेसा ब्यबसाय रोजगारी लगाएत अनेकन जिम्मेवारीका सिलसिलामा हाल भिभिन्न ठाउमा स्थायी र अस्थायी रुपमा बसिराख्नु भएको होला, तर तपाईहरुको कही न कही कुनै रुपमा थातथलो छ त्यो थातथलोबारे आफ्ना सन्तानहरुलाइ जानकारी गराउनुहोस् । कहाबाट किन र कसरी आइपुगे त्यो ठाउँमा तपाईका पुर्खाहरु, के संघर्ष गरे पुर्खाहरुले र तपाईहरु स्वयमले के गर्नुभयो ?आगामी पुस्ताको जिम्मेवारी के रहन्छ सबै कुरा बताउनुहोस जसका कारण बालबालिका लाई पनि त्यो ठाउँप्रति आफ्नोपन महसुस होस् ।

२) परिवारको महत्त्व बुझाउनुहोस्।
पछिल्लो समय आधुनिकता र अनेकन ब्यस्तता कारण परिवाको परिभाषामा पारिबर्तन देखिदै र यसको महत्त्व हराउदै गएको पाइन्छ यो समय उपयुक्त मौका हो परिवारको महत्त्व बुझाउने, किन चाहिन्छ परिवार ? परिवारमा एक अर्काप्रतिको आदर सम्मान र माया कसरी पस्तुत गर्ने । पारिवारिक जिम्मेवारी के हो ? परिवारमा एक अर्का प्रती कसरि समर्पित हुने? यो सब कुरा सिकाउने उपयुक्त समय हो यो ।

३) मौलिक संस्कृतीका कुरा गर्नुहोस्।
बालबालिकाले नेपाल बहुसांस्कृतिक देश हो भनेर पढेका छन् । त्यो संस्कृतीभित्र आफ्नो संस्कृती के हो कहाँनेर छ, जानकारी नहुन सक्छ । यो समयमा सिकाउनुहोस आफ्नो संकृती आफ्ना स्थानीय चाडपर्व के के हुन ? र ती चाडपर्व कहिले र कसरी मनाइन्छन ? स्थानीय भेषभुषा र पहिरन के के हुन ? स्थानिय परिकार के हुन र कसरी बनाउछ्न यस्ता परिकार सके यो फुर्सदको बेला बनाएर र बनाउन सिकाएर खुवाउनुहोस् । के हो कुल देउता र कहिले र कसरि हुन्छ कुलपुजा को को सामेल हुन्छ्न यसमा, लगायतका अन्य संस्कृतीका कुरा सिकाउनुहोस्

४) आफ्नो मातृभाषा सिकाउनुहोस
नेपाल बहुभाषिक मुलुक हो । भूगोल र क्षेत्र अनुसार तपाइँ हाम्रो आ आफ्नै मातृभाषा छ, तर पछिल्लो समयमा हाम्रा मातृभाषा हरु हराउदै गएका छन तपाई हाम्रा बालबालिका ले देश बहुभाषिक मुलुक हो भन्ने त जानेको छ तर उनीहरु आफ्नै मातृभाषाप्रति जानकर छ्न कि छैनन् बोल्न सक्छन कि सक्दैनन् चासो राख्नुहोस । यदि यसरी नै उनिहरु आफ्नो मातृभाषा र पहिचान बिर्सिदै जानेहुन भने उनिहरु सजावटि मानव मात्र बन्दछ्न त्यसैले यो समयमा आफ्ना आफ्ना सन्तानहरुलाइ आफ्नो मातृभाषा सिकाउनुहोस् ।

५) हजुरबा र हजुरआमासंग सामिप्यता बढाइ दिनुहोस ।
समाजमा एउटा भनाइ छ नि साँ वा भन्दा ब्याज प्यारो छोरा भन्दा नाति प्यारो यसो एक पटक सोच्नुस त यो भनाइ आज कति यथार्थ छ, गहिरिएर अध्यन गर्नु भयो भने यो व्यबहारमा बिस्तारै घट्दै गएको पाउनुहुनेछ । हिजोको जस्तो रहेन समाज,हिजोको जस्तो रहेन पारिवारिक आकार र रहन सकेन हिजोको जस्तै रहनसहन। पेसा ब्यबसाय उचित शिक्षादीक्षा लगाएत थुप्रै उद्देश्यका साथ थुप्रै अभिभावकहरुले गाउँ छोडेर केही राजधानी केही सदरमुकाम र केही अलि बिकसित ठाउँमा बसोबास गर्दै सन्तान पढाइरहेक छन र अधिकांस हजुरबुवा हजुरआमाहरु गाउमै छन् । बर्षमा एक दुई पटक बाहेक अरु समय हुदैन हुजुरबुवा र हजुरआमासंग नातिनातिनाहरुको भेट । त्यसैले सामिप्यता, माया मोह र स्नेह लगायत यन्य जानकारी बाट बिमुख छन बालबालिका हरु । यदि बालबालिका हजुरबुवा हजुरमाआमाहरु जीबित छन भने बालबालिकाको सामीप्यता बढाइदिनुहोस उनिहरुसंग । बालबालिकाहरुलाइ सोध्न लागाउनुहोस कस्तो थियो हजुरबुबा हजुरआमाहरुको बाल्यकाल ? कसरी पढ्थे तेतिखेर? कसरी हुन्थ्यो बिबाह ? कति हुन्थ्यो आम्दानी त्यो समयमा ? कसरी चल्थ्यो दैनिकी ? के के खेल्थे बालबालिका ? कस्ता हुन्थे सूचना आदानप्रदानका माध्यमहरु, यसरी दोहोरो सम्बाद हुन पायो भने एक अर्कामा हुने माया ममतामा आदर सम्मानमा पनि वृद्धि हुन्छ बालबालिका लाई पनि सामाजिक इतिहासको ज्ञानमा वृद्धि हुन्छ ।

६) आफ्नै दाम्पत्य यात्राका कुरा सुनाउनुहोस्।
नेपाली समाज विबिधता बोकेको समाज हो समजामा सबै एकै बर्गका मानिस हरु छैनन। आज पनि मानिस जीवन निर्बाहका लागि संघर्ष गर्दै आएका छन । केही सफल भएका छन केही सफलता को बाटोमा छन् । त्यसैले आफ्ना सन्तानहरुलाई जिबनको यात्राले पार गरेका छन मोडहरु जीवन यात्रामा चडेका उकाली ओराली सबै गतिविधि सुनाउनुहोस जसबाट बालबालिका ले पनि थाहा पाउन कि परिवारको खुसी र सन्तानको भबिस्यका लागि अभिभावकको भुमिका कस्तो रहन्छ भनेर ।

७)नैतिक शिक्षा दिनुहोस
‘मलाई शिक्षित आमा देऊ, म तिमीलाई असल नागरिक दिन्छु’ नेपोलियन बोनापार्टले भनेको कुरा यहाँ उल्लेख गरेर केही कुरा भन्न मन लग्यो। बालबालिकाको पहिलो पठशाला घर र पहिलो गुरु अभिभावक नै हुन। बिधालयमा नसिकेका धेरै कुरा घरमा अभिभावक बाट सिक्छ्न । बालाबालिकाले बिधालय र बिश्वबिधालयमा अध्ययन गरेर ल्याएको प्रतिशत भन्दा बालबालिले कस्तो संस्कार सिक्यो भन्ने कुराले ठूलो महत्त्व राख्दछ ।सशक्त र सक्षम नागरिक बनाउन जसरी बिधालयको भूमिका महत्वपूर्ण रहन्छ त्यसरी नै नैतिकवान नागरिक बन्नका लागि अभिभावकको पनि उत्तिकै ठूलो भूमिका रहन्छ। कुनैपनि बालबालिका नैतिकताहीन भए सबै भन्दा पहिले आमा बुवाले कस्तो संस्कार सिकाएको रहेछ भनेर प्रश्न गर्छ्न । त्यसैले बालाबालिकालाई अभिभावकले अनुशासित हुन, ठूलालाई सम्मान गर्न, साँचो कुरा बोल्न, अरूलाई सहयोग गर्न,सकारात्मक सोचको विकास गर्न, जात, जाति, धर्म, लिंग, वर्गजस्ता विभेदहरूमा सम्प्रदायीकता कायम राख्ने, माता, पिता र शिक्षा दिने गुरुजन र समाजका मान्यजनहरूको अर्ति र उपदेशलाई शिरोधार्य गर्ने सकारात्मक सोचको विकास गर्ने लगाएत अन्य ज्ञान गुनका कुरा सिकाउने यो लकडाउन उपयुक्त समय हो ।

८) राजनीति र राजनितिक परिबर्तनको जानकारि गराउनुहोस
मताधिकार भएका युबालाइ राजनीती बारे प्रश्न सोध्नुभयो भने बर्तमान परिस्थितीलाई आधार बनाएर उनिहरुले दिने जवाफहरु हुन्छ्न म राजनितिलाइ घृणा गर्छु ,मलाइ मतलब छैन यो राजनितीको , राजननीति मेरो चिन्ता र चासोको बिषय होइन । यस्तै यस्तै उत्तर आउछ्न । किन आए त यी उत्तर कहिल्यै सोचेका छौ? के हामिले हाम्रा सन्तानहरुलाई राजनीतिका सकारात्मक कुरा कहिल्यै बतायौ ? के हामिले कस्तो थियो राणाशासन,किन हट्यो पछि राणा शासन ? कसरी आयो प्रजातन्त्र ? किन सहिद भए थुप्रै मामिनसहरु ? यो अभियानमा को को सामेल थिए प्रजातान्त्र ल्याउन कति संघर्ष गरे उनिहरुले ? किन सुरु भयो पछि पंचायत ? के खराबी रहे यसका ? किन भयो बहुदलका लागि आन्दोलन ? २०४६ आन्दोलनको उपलब्धि के रह्यो किन सुरु भयो ससस्त्र युद्ध ? फेरि किन भयो २०६२/२०६३ को आन्दोलन ? किन हट्यो राजतन्त्र ? यी विभिन्न राजनीतिक उतारचढाव का बारेका जानकारी गराउनुहोस्। यि कुरा भनिरहदा यो बुदाको आसय तपाहरुका सन्तानलाई राजनिती गराउनुहोस भनेको होइन तपाईंका सन्तानले यति बुझुन समाजका हर कार्यमा राजनीति जोडिएको हुन्छ र सबै राजनितीक गतिविधि खराब हुदैन्न भन्ने कुरा ।

Facebook Comments
Share
  • 582
    Shares

 

Archives