महेश पौड्याललको चन्द्रमाका कथा आउँदै

10 months ago
महेश पौड्याललको चन्द्रमाका कथा आउँदै

साहित्यकार महेश पौड्याल बालबालिकाका लागि “चन्द्रमाका कथा” लिएर आउँदैछन् । विभिन्न मुलुकमा प्रचलित चन्द्रमाबारेका दस कथालाई उनले सङ्कलन र सम्पादन गरी नेपाली भाषामा प्रकाशित गर्न लागेका हुन् । आफ्नो प्रकाशन यात्रा बालसाहित्यबाट सुरु गरेका पौड्याल निकै लामो अन्तरालपछि बालसाहित्यमा फर्केका हुन् । बीएन पुस्तक संसारले बजारमा ल्याउन लागेको यस पुस्तकले चन्द्रबाका बारेमा मान्छेका विविध बुझाइलाई बालबालिकाका लागि प्रस्तुत गर्ने लेखक पौड्यालको दावी छ । यस पुस्तकमा चित्राङ्कन चन्द्रशेखर पौड्यालको रहेको छ । पुस्तक माघको पहिलो हप्ता नेपाली बजारमा आउने प्रकाशन गृहले जनाएको छ ।

यस अघि पौड्यालले बालबालिका लागि ६ वटा अङ्ग्रेजी उपन्यास, एक नाटक सङ्ग्रह र थुप्रै फुटकर कथा, कविता र गीत प्रकाशित गरिसकेका छन् ।

Facebook Comments
Share
  • 3
    Shares

 

Archives