बालबालिका संग रमाए प्रथम रास्ट्रपति डा. रामवरण यादव

2 years ago
बालबालिका संग रमाए प्रथम रास्ट्रपति डा. रामवरण यादव
मंगलबार दिउँसो नेपाल पर्यटन बोर्डको खचाखच भरिएको हलमा स्कुले बालबालिका र नेपालका प्रथम रास्ट्रपति डा. रामवरण यादब बिचमा सवाल जवाफ चल्यो पाठशाला खबरको आयोजना र चन्द्रागिरिनगरपालिका दक्षिणकाली नगरपालिका गोदावरी नगरपालिका र नेपाल पर्यटनबोर्डको सहकार्यमा बालबालिकासँग प्रथम राष्ट्रपति कार्यक्रम संचालन भयको थियो
बालबालिका संग कुराकानि गर्न पाउँदा डा.यादव पनि निकै उत्साहित देखिनु भयको थियो। कार्यक्रममा बालबालिकाले आफ्ना मनमा लागेका थुप्रै कुरा हरु प्रथम रास्ट्रपति समक्ष राखेका थिय ।
बज्रबराही माध्यमिक विद्यालय गोदावरी नगरपालिकाकी छात्रा निकिता मर्हजनले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई मंगलबार प्रश्न गरिन्–हामी छात्राहरु स्कुलभित्र र बाहिर पनि असुरक्षित महसुस गर्ने गरेका छौं, यसबाट कसरी मुक्ति पाउने ?
पूर्वराष्ट्रपति यादवले भावुक हुँदै जवाफ दिए–यो विषय गम्भीर छ । यसका लागि शिक्षक, अभिभावक, समाज र अझ स्थानीय जनप्रतिनिधिहरुले एक अर्कासँग समन्वय गरेर स्कुल तथा कलेजको वातावरण एकदमै सुरक्षित बनाउन जिम्मेबार हुनैपर्छ ।’

एकजना छात्रा सूचना खनालले डा. यादवलाई प्रश्न गरिन्– के तपाईं भविष्यमा राष्ट्रपति बन्छु भन्ने सोच्नुभएको थियो ? जीवनमा के–के कुरालाई च्यालेन्जको रुपमा लिनुभएको थियो ?

उनी अलमल देखिए । र, भने म राष्ट्रपति हुन्छु भनेर सोंचेको थिइन । तर जीवनको हरेक कुरा च्यालेन्ज नै थियो । कृषि र पशुपालन हुने गाउँबाट निस्केर पढ्न जानुदेखि लिएर मेडिकल अध्ययनको लागि छनोट हुनुसम्म च्यालेन्जलाई पाइला पाइलामा भेटेको छु ।
उनले बालबालिकाहरुलाई मोटिभेट गर्दै भने, “हामीले गोल फिक्स गर्नुपर्छ । चुनौती प्रत्येक पाइला र स्टेजमा आउँछ ।” 

उक्त प्रश्नको जवाफ दिन अर्को प्रश्न तेर्सियो– पढाइमा कमजोर व्यक्ति राजनीतिका लाग्ने परिपाटी छ, तर तपाईं चिकित्सक भएर राजनीतिमा कसरी लाग्नु भयो ?

डा. यादवको जवाफ थियो–हाम्रो समयमा शिक्षाको कमि थियो । स्कुल कलेज छोडेर नेताहरु जेलनेल भोगेका थिए । तर अहिले राजनीतिशास्त्र, कानुन पढेर राजनीतिमा लाग्ने व्यक्तिहरु छन् । ०१७ सालको घटनापछि सत्ता राजाले हातमा लिँदा यो गलत भएको छ भनेर मनमा विद्रोह जाग्थ्यो । अनि म राजनीतिमा लागेँ ।”

 तपाईंको बाल्यकाल कसरी बितेको थियो ? बाल्यकालमा कुन खेल मन पर्थ्यो ?विद्यार्थीको प्रश्नमा

पूर्वराष्ट्रपति यादवले जवाफ दिदैं भने, “मेरोे बाल्यकालको त लामो कथा छ । तर म छोट्याएर सुनाउँछु । म सानो छदाँ गाउँमा स्कुल थिएन । भारतबाट गुरुजीहरु पढाउन आउँथे र त्यसरी गुरुहरुबाट नै मेरो पढाइको सुरुवात भयो । त्यसबेला महोत्तरी जिल्लाको मठिहानी र ज्ञानकुपमा संस्कृतको ठूलो शिक्षण संस्था थियो र जनकपुरमा विद्यालयहरु थिए । मैले २०११ सालतिर जनकपुर गएर अगाडिको पढाइ थालेँ । मेट्रिक पास भएर २०२० सालमा आजभन्दा ५५ वर्षअघि काठमाडौं आएँ र त्रिचन्द्र कलेजमा पढ्न थालेँ ।”

डा. यादवले सानो छँदा गाउँमा आफूहरु कबडी खेल्ने गरेको स्मरण गरे । “मलाई फुटबल पनि खेल्न उत्तिकै मन पर्थ्यो । त्यसबेला पहलमानी पनि खूब मन पर्थ्यो । गाउँमा त्यस्ता अखडाहरु थिए । सानोमा म पढाइमा नलागेको भए पहलमान हुने थिएँ ।”

‘सम्माननीय पूर्वराष्ट्रपतिज्यू, तपार्इंको विचारमा भूत छ या छैन ? ’ सहिद शुक्र माविकी कक्षा ९ की छात्राले उत्सुकतापूर्वक सोधेको प्रश्न सुनेर हलमा गुन्जिएको हाँसो मथ्थर भएपछि पूर्वराष्ट्रपति डा.रामवरण यादवले उत्तर दिए, ‘भूतसुत छैन बाबु।’ पूर्वराष्ट्रपति यादवको जवाफ सुनेर नेपाल पर्यटन बोर्डको हलमा मंगलबार उपस्थित विद्यार्थी, शिक्षकलगायत पुनः खित्का छाडेर हाँसेका थिए। ‘म विज्ञानको विद्यार्थी बाबु, मैले भूतप्रेत कहिले मानिन। म सानो छँदा गाउँमा आँपको गाछी र जामुनको पेडमा भूत छ भनेर भन्थे। मलाई पनि भूत भनेर डर लाग्थ्यो। तर मैले विज्ञान पढ्न थालेदेखि त्यसमा विश्वास गरिन्’, उनले जवाफ दिए।

‘हजुरलाई विद्यालयमा भर्ना गरेर पढ्न पठाइयो भने भविष्यमा के बन्छु भन्ने लक्ष्य लिएर पढ्नुहुन्थ्यो होला ? ’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.यादवलाई फ्लोरिसेन्ट उमाविमा कक्षा ६ मा पढ्ने शुभेच्छा पाण्डेले यो प्रश्न गर्दा हलमा उपस्थित अन्यसँगै पूर्वराष्ट्रपति पनि गलल हाँसे। आफूले जुन विषय पढेर भोलि राष्ट्रका लागि केही योगदान दिन सक्छु जस्तो लाग्छ त्यही पढ्छु भन्दै ती विद्यार्थीको जिज्ञासा उनले मेटाए। नेपालमा उपलब्ध स्रोतलाई अधिकतम उपयोग गरेर कसरी वातावरणलाई राम्रो बनाउन सकिन्छ भन्ने विषय जहाँ पढाइन्छ त्यस्तै विद्यालय खोजेर आफूले पढ्ने उनले बताए।

एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले ‘हाम्रो विद्यालयमा पुस्तकालय पनि छैन, तालिम प्राप्त शिक्षक पनि हुनुहुन्न, हामीलाई प्रोजेक्ट वर्क गर्न सामाग्री पनि छैन’ भन्ने गुनासो गरिन्। विद्यालयका शिक्षक, प्रधानअध्यापकलगायत बसेर जनप्रतिनिधिसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने सुझाव पूर्वराष्ट्रपतिले दिए। पटक पटक पाठ्यक्रममा परिवर्तन भएपनि जीवन उपयोगी शिक्षा नसमेटिएको गुनासो सिद्धि मंगल माविका अशोकानन्द यादवले गरेका थिए।

पढाइ कमजोर भएका ब्यक्ति मात्रै राजनीतिमा लाग्ने परिपाटी रहेकोमा एक वरिष्ठ चिकित्सक राजनीतिमा आउनुको कारण जान्न चाहिन् सुदेशा स्कुलकी छात्राले। चिकित्सक भएपनि देशको नागरिक भएकाले यहाँको परिस्थितिले आफू कति बेला राजनीतिमा पसें पत्तै नपाएको डा.यादवले स्मरण गरे।

पद्मोदय माविकी युना श्रेष्ठले यो विषयमा पूर्वराष्ट्रपतिको धारणा जान्न चाहँदा उनले भने, ‘यसमा विद्यार्थीको दोष छैन। समाज र राष्ट्रिय परिस्थितिको दोष छ। राज्यले शैक्षिक प्रणालीमा सुधार गर्न सके यस्तो अवस्था आउँदैन।’

तपाईं पनि आफ्नो पूर्वपेशामा फर्कन मिल्छ की मिल्दैन भनेर सोध्दा डा. यादवले आफ्नो उमेर र आफूलाई लागेका विभिन्न रोगका कारणले फलोअप गर्न गाह्रो हुने बताए।

‘मलाई क्यान्सर लागेको थियो, निको भयो। उमेर अनुसार डायबेटिज र ब्लड प्रेसर छ। ग्यास्ट्रिक पनि छ। अहिले क्लिनिकमा बसेर पेसेन्टलाई हेर्न र फलोअप गर्न सक्दिन होला’, उनले भने। तर पूर्वराष्ट्रपतिको रूपमा आफूले संगालेको अनुभवलाई समाज जोड्न, लोकतन्त्रलाई बलियो बनाउन र राष्ट्रिय एकतालाई कायम गर्न लगाउने उनले प्रतिवद्धता जनाए।

उक्त कार्यक्रममा सहभागी शिक्षक अभिभावक अथितीहरुले यस्ता प्रकारका कार्यक्रमले बालबालिकाको बालमनोबिज्ञान मा सकारात्मक छाप पर्ने र बालबालिका मनमा थुप्रै जिज्ञासा मेटिने भयकोले आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने कुरा बताउनु भयको थियो।

 

Facebook Comments
Share
  • 163
    Shares

 

Archives