पुस्तक संकलन अभियानमा निरन्तर सनिवारले सहयोग पुर्याउने

3 years ago
पुस्तक संकलन अभियानमा निरन्तर सनिवारले सहयोग पुर्याउने
कास्की कारागारमा रहेका बन्दीहरुले एउटा पुस्तकालयको व्यवस्था गरेका छन तर उक्त पुस्तकालयमा पुस्तकहरु ज्यादै न्युन भएको र बन्दीहरुले थप पुस्तकको आशा राखेको र कास्कीको साहित्यिक अभियान पुच्छरसिटे अभियानले पुस्तक संकलन गरेर उक्त पुस्तकालयमा पुस्तक उपलब्ध गराउन लागेको खवर पश्चात् दुई दशक अगिदेखि निरन्तर चलिरहेको साहित्य अभियान निरन्तर सनिवारले पनि पुस्तक संकलन गरेर पुछारसिटे अभियानको पुस्तक संकलन कार्यलाई सहयोग पुर्याउने भएको छ । पठन संस्कृतिको बिकासका लागी पर्नु भएका, पुस्तक प्रेमीहरु, समाजसेवीहरु तथा सम्पूर्ण साथीहरुमा सके जती पुस्तक उपलब्ध गराउन निरन्तर शनिवार परिवारले अनुरोध गरेको छ । निरन्तर शनिबारको प्रत्येक शनिबार काठमाडौं प्रदशनिमार्ग स्थित हुने रचनावाचन कार्यक्रममा  रचननावाचनसगै पुस्तक संकलन गरिने कुरा कार्यक्रममा संयोजक डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।
Facebook Comments
Share
  • 18
    Shares

 

Archives