गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाईँदै

2 years ago
गुरुप्रति श्रद्धाभाव प्रकट गरी  गुरु पूर्णिमा मनाईँदै

आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाईँदै छ ।

महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

संस्कृत शब्दमा गुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो।आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमाबुवा सरह मान्ने प्रचलन छ । वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् भने द्वितीयगुरु पुरोहित,मन्त्रदाता  शिक्षक आदि हुन् ।

Facebook Comments
Share
  • 6
    Shares

 

Archives